खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोगमा सहजता र संघीय ऐन संशोधनको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडामा सत्याग्रह सुरु गरेका छन्।
उनी परालको गुन्द्री र कम्बलमा बसेर, बाँसका भाटा र ‘आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको संरक्षण गरौं’ जस्ता नारा लेखिएका प्लेकार्डसहित जलवायु परिवर्तन र प्राकृतिक संरक्षणको पक्षमा वकालत गरिरहेका छन्। ।
