City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट: सभामुख अर्यालद्वारा सफल कार्यकालको प्रशंसा

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेटवार्ता सम्पन्न भएको छ । आफ्नो कूटनीतिक कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश…

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेटवार्ता सम्पन्न भएको छ । आफ्नो कूटनीतिक कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत श्रीवास्तवलाई सभामुख अर्यालले बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।

भेटका अवसरमा सभामुख अर्यालले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको चर्चा गर्नुभयो । दुई छिमेकी मुलुकबीचको कूटनीतिक र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूतले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो ।

यसैगरी, सभामुख अर्यालले नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपद्का समयमा भारत सरकारले सधैं ‘पहिलो उद्धारकर्ता’का रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । संकटको घडीमा भारतले देखाएको तदारुकता र सहयोगले दुई देशबीचको घनिष्ठतालाई थप बलियो बनाएको उहाँले उल्लेख गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *