City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

पर्सा प्रहरीका विवादित कार्य : दोषीलाई संरक्षण र निर्दोषलाई अपराधीकरण

जिल्ला प्रहरी कार्यालय पर्साका पछिल्ला गतिविधिहरूले गम्भीर कानुनी र नैतिक प्रश्न उब्जाएका छन्। पीडित र स्थानीयका अनुसार प्रहरीले वास्तविक अपराधीलाई उन्मुक्ति दिँदै समाजका प्रतिष्ठित र निर्दोष…

जिल्ला प्रहरी कार्यालय पर्साका पछिल्ला गतिविधिहरूले गम्भीर कानुनी र नैतिक प्रश्न उब्जाएका छन्। पीडित र स्थानीयका अनुसार प्रहरीले वास्तविक अपराधीलाई उन्मुक्ति दिँदै समाजका प्रतिष्ठित र निर्दोष व्यक्तिहरूलाई बनावटी मुद्दामा फसाएर आतंकित पारिरहेको छ। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल र प्रहरी प्रमुख पवन भट्टराईको नेतृत्वमा भएका पछिल्ला अनुसन्धानहरू निष्पक्ष नरहेको सर्वसाधारणको आरोप छ।

हालै उजागर भएको हवाई इन्धन चोरी प्रकरणमा प्रहरीले पम्प सञ्चालक सुनैन मियाँसहित सात जनालाई रंगेहात पक्राउ गरे पनि मियाँलाई कानुनी प्रक्रिया छलेर सुटुक्क हाजिर जमानीमा छाडिएको छ। यसैगरी, नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासलाई कुनै बैंकिङ वा ठोस प्रमाणविना, केवल एक व्यक्तिको मौखिक बयानकै आधारमा एक करोड पाँच लाखको अवैध असुली मुद्दामा प्रतिवादी बनाइएको छ।

अर्कोतर्फ, काठमाडौंबाट पक्राउ परेका सञ्जय ठाकुरलाई पनि स्काइलाइन मलका मुख्य सञ्चालकको प्रत्यक्ष जाहेरीविना नै बनावटी मुद्दामा हिरासतमा राखिएको परिवारको दाबी छ। यद्यपि पर्सा प्रहरी प्रमुख भट्टराईले अनुसन्धान कानुनसम्मत नै भएको तर्क गरेका छन्। तर, बिचौलियाको प्रभाव र फितलो अनुसन्धानका कारण प्रहरीको भूमिकामाथि स्थानीय र कानुनी वृत्तमा तीव्र असन्तुष्टि बढेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *