City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

निजी क्षेत्रको प्रवर्द्धन र लगानीमैत्री वातावरण बनाउन कोशी सरकार तयार: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग र व्यापारको समग्र विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहयोग तथा संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। विराटनगरस्थित मुख्यमन्त्री…

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग र व्यापारको समग्र विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहयोग तथा संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई बधाई दिँदै उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी-व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो।

भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानीमैत्री वातावरणको निर्माण गर्न र उद्योग अनुकूल नीतिगत सुधार ल्याउन सरकारले सधैँ सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले व्यावसायिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै अघि बढ्न सरकार तत्पर रहेको स्पष्ट पार्नुभयो। सो अवसरमा सङ्घको नयाँ नेतृत्वले पनि प्रादेशिक अर्थतन्त्रलाई चलायमान बनाउन प्रदेश सरकारसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *