City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

ग्यास लुकाएको आरोप निराधार र भ्रामक: नेकपा एमाले

नेकपा (एमाले) ले सामाजिक सञ्जालमा ‘एमालेले ग्यास लुकायो’ भन्दै फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई सुनियोजित दुष्प्रचार भनेको छ। पार्टीको छवि धमिल्याउने र सर्वसाधारणमा अन्योल…

नेकपा (एमाले) ले सामाजिक सञ्जालमा ‘एमालेले ग्यास लुकायो’ भन्दै फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई सुनियोजित दुष्प्रचार भनेको छ। पार्टीको छवि धमिल्याउने र सर्वसाधारणमा अन्योल सिर्जना गर्ने नियतले यस्ता असत्य खबर सम्प्रेषण गरिएको एमालेको दाबी छ।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न र बजारमा व्याप्त कालोबजारी नियन्त्रण गर्न नसकिएको समयमा आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको एमालेले स्पष्ट पारेको छ। यस्ता गैरजिम्मेवार कार्यमा पार्टीको कुनै संलग्नता नरहेको भन्दै यस्ता अफवाहको भ्रममा नपर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

एमालेले बजारमा खाना पकाउने ग्याससहितका अत्यावश्यक सामग्रीको अभाव हुन नदिन र आपूर्ति प्रणालीलाई सहज बनाउन सरकारसँग मागसमेत गरेको छ। साथै, सामाजिक सञ्जालमा आउने कपोलकल्पित सूचनाको पछि नलागी आधिकारिक र सत्य तथ्यमा मात्र विश्वास गर्न पार्टीले सबैमा अपिल गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *