नेपालको राजधानी काठमाडौँमा हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आयोजना हुने भएको छ। भास्कुलर तथा रक्तनलीसम्बन्धी स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रविधि र उपचार पद्धतिको आदानप्रदान गर्ने लक्ष्यका साथ यो अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन गर्न लागिएको हो।
हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार यो महत्त्वपूर्ण कार्यक्रम आगामी चैत ३ देखि ७ गतेसम्म (सन् २०२७ मार्च १७ देखि २१ सम्म) आयोजना हुनेछ। काठमाडौँमा हुने यस सम्मेलनमा स्वदेशी तथा विदेशी भास्कुलर विशेषज्ञहरूको उपस्थिति रहनेछ।