विभिन्न १३ वटा मुलुकका लागि बाँकी रहेका राजदूत पदहरू पूर्ति गर्न सरकारले आन्तरिक गृहकार्यलाई तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज महिनाको पहिलो साताभित्रै नयाँ राजदूतहरूको नियुक्ति प्रक्रिया टुङ्गो लगाउने लक्ष्य राखिएको छ।
गत जेठ १४ गते मागिएका आवेदनहरूलाई आधार मानेर योग्य उम्मेदवारहरूको मूल्याङ्कन तथा छनोट कार्य अन्तिम चरणमा पुर्याइएको मन्त्रालयले जनाएको छ। परराष्ट्रका उच्च अधिकारीहरूका अनुसार माथिल्लो तहमा आवश्यक छलफल गरी सिफारिस सूची छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने तयारी छ।