City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

सडकपेटीमा शिशु जन्माउन बाध्य बबिताको घरमा पुगे मन्त्री यादव, दोषीलाई कारबाही गर्ने चेतावनी

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटअगाडि सडकको पेटीमै शिशुलाई जन्म दिएकी बबिता पासवान र उनका नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव…

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटअगाडि सडकको पेटीमै शिशुलाई जन्म दिएकी बबिता पासवान र उनका नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पासवानको घरमै पुगेका छन्। मन्त्री यादवले आमा र शिशु दुवैको स्वास्थ्य स्थितिबारे व्यक्तिगत रूपमा जानकारी लिएका हुन्।

बिहीबार गृहजिल्ला राजविराज आएका मन्त्री यादवले उक्त घटनामा अस्पताल वा सम्बन्धित पक्षको लापर्बाही देखिएमा कसैलाई पनि नछोडिने बताए। सो घटनामा संलग्न तथा दोषी देखिएका व्यक्तिहरूमाथि कडा कारबाही गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *