City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

कुटनीतिक द्वन्द्व: इरान र स्विडेनद्वारा एक-अर्काका कुटनीतिज्ञ देश निकाला

इरान र स्विडेनबिचको कूटनीतिक सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ। स्विडेनले स्टकहोमस्थित इरानी दूतावासका एक कर्मचारीलाई निष्कासन गरेपछि त्यसको कडा जवाफमा इरानले तेहरानमा कार्यरत स्विडेनी कूटनीतिज्ञलाई…

इरान र स्विडेनबिचको कूटनीतिक सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको छ। स्विडेनले स्टकहोमस्थित इरानी दूतावासका एक कर्मचारीलाई निष्कासन गरेपछि त्यसको कडा जवाफमा इरानले तेहरानमा कार्यरत स्विडेनी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।

इरानी विदेश मन्त्रालयले बिहीबार सरकारी टेलिभिजनमार्फत विज्ञप्ति जारी गर्दै स्विडेनको निर्णयलाई अनुचित र अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता विपरीत भएको बताएको छ। एक-अर्काका प्रतिनिधि निष्कासन गर्ने यो कदमले दुई देशबिचको आपसी सम्बन्धलाई अझ जटिल र तनावपूर्ण बनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *