City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

मनास्लु क्षेत्रमा जलवायु संकट र हिमताल संरक्षणको माग गर्दै युवाहरूको आमरण अनसन

जलवायु परिवर्तनले पुऱ्याएको असर न्यूनीकरण र जोखिममा रहेका हिमतालहरूको संरक्षणका लागि दबाब दिन गोरखाको मनास्लु क्षेत्रका स्थानीय बासिन्दाहरूले अनसन सुरु गरेका छन्। चुमनुब्री गाउँपालिका–१ सामागाउँका दावा…

जलवायु परिवर्तनले पुऱ्याएको असर न्यूनीकरण र जोखिममा रहेका हिमतालहरूको संरक्षणका लागि दबाब दिन गोरखाको मनास्लु क्षेत्रका स्थानीय बासिन्दाहरूले अनसन सुरु गरेका छन्। चुमनुब्री गाउँपालिका–१ सामागाउँका दावा नोर्वु लामाको नेतृत्वमा ११ जना स्थानीय युवाहरू ऐक्यबद्धता जनाउँदै आमरण अनसनमा बसेका हुन्।

हिमाली क्षेत्रमा बढ्दो तापमानका कारण हिमतालहरू फुटेर निम्तिनसक्ने सम्भावित जोखिमबाट मनास्लु क्षेत्र र तल्लो तटीय बस्तीहरूलाई जोगाउन उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। वातावरण संरक्षण र हिमाली समुदायको सुरक्षित भविष्यका लागि तत्काल ठोस कदम चाल्नुपर्ने माग अनसनरत युवाहरूको रहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *