युरोपियन टी-२० प्रिमियर लिग (ईटीपीएल) को पहिलो संस्करणको उपाधिनजिक बेलफास्ट वुल्भ्स पुगेको छ। कप्तान ग्लेन म्याक्सवेलको चामत्कारिक अलराउण्ड प्रदर्शनको मद्दतमा बेलफास्टले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। आम्सटर्डम फ्लेम्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टोलीले उपाधि भिडन्त पक्का गर्यो।
आम्सटर्डम फ्लेम्सले जितका लागि प्रस्तुत गरेको १३४ रनको मध्यम लक्ष्य बेलफास्टले ९ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो। टोलीको जितमा कप्तान म्याक्सवेलले नेतृत्वदायी प्रदर्शन गर्दै महत्वपूर्ण योगदान दिए। यस उत्कृष्ट जितसँगै बेलफास्ट वुल्भ्स ईटीपीएलको ऐतिहासिक पहिलो ट्रफी उचाल्नबाट अब मात्र एक कदम टाढा छ।