अस्ट्रेलियन क्रिकेट स्टार ग्लेन म्याक्सवेलको उत्कृष्ट कप्तानी तथा अलराउन्ड प्रदर्शनको मद्दतले बेलफास्ट वुल्भ्स पहिलो संस्करणको युरोपियन टी-२० प्रिमियर लिग (ईटीपीएल) को फाइनलमा पुगेको छ। सेमिफाइनल खेलमा आम्सटर्डम फ्लेम्सलाई ७ विकेटले हराउँदै बेलफास्टले उपाधि नजिकको यात्रा तय गरेको हो।
आम्सटर्डम फ्लेम्सले दिएको १३४ रनको विजयी लक्ष्य पछ्याएको बेलफास्टले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो। टोलीले ९ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा लक्ष्य सहजै पूरा गर्यो। कप्तान म्याक्सवेलले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा टोलीलाई सम्हाल्दै महत्त्वपूर्ण योगदान पुर्याए।
यस सानदार जितसँगै बेलफास्ट वुल्भ्स ऐतिहासिक पहिलो ईटीपीएलको ट्रफी जित्ने बलियो दाबेदार बनेको छ। प्रतियोगिताको फाइनल खेलमा अब बेलफास्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।