City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

तादी–लच्याङ–कालिका सडकमा बढ्यो सवारीको चाप, काठमाडौंबाट रसुवा पुग्न सास्ती

काठमाडौंबाट सीमावर्ती तथा पर्यटकीय जिल्ला रसुवातर्फ जाने प्रमुख मार्गको रूपमा प्रयोग भइरहेको तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी साधनको अत्याधिक चाप बढेको छ। सडकमा गाडीको लाम लागेपछि काठमाडौंबाट…

काठमाडौंबाट सीमावर्ती तथा पर्यटकीय जिल्ला रसुवातर्फ जाने प्रमुख मार्गको रूपमा प्रयोग भइरहेको तादी–लच्याङ–कालिका सडकखण्डमा यतिबेला सवारी साधनको अत्याधिक चाप बढेको छ। सडकमा गाडीको लाम लागेपछि काठमाडौंबाट रसुवा जानुपर्ने यात्रु तथा चालकहरूले निकै सास्ती र कष्टकर यात्राको सामना गर्नुपरिरहेको छ।

उक्त सडकखण्डमा दैनिक सयौँ साना तथा ठूला सवारी साधनहरू सञ्चालन हुने गरेका छन्। सवारी साधनको संख्यामा अचानक वृद्धि भएपछि सडकमा जामको समस्या बढेको छ, जसका कारण यात्रुहरू तोकिएको समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन्। सवारी चापलाई व्यवस्थित बनाएर यातायात सहज बनाउन स्थानीय तथा सरोकारवालाहरूको ध्यान जानु आवश्यक देखिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *