सिरहा जिल्लाका छुट्टाछुटै स्थानमा शनिबार भएका दुई वटा दुर्घटनामा परी दुई जनाको दुःखद् निधन भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सिरहा नगरपालिका वडा नम्बर १९ मा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। उता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाकै नरहा गाउँपालिका वडा नम्बर ३ मा ट्रकको ठक्करबाट अर्का एक जनाको मृत्यु भएको हो।
सोही सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने प्रहरीले दुवै घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ।