City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

ध्यान र शान्तिको नयाँ केन्द्र: पशुपतिस्थित शिवपुरी बाबाको तपस्यास्थल

काठमाडौँको कोलाहलबीच शान्ति र आध्यात्मिक ऊर्जाको खोजीमा रहेका साधकहरूका लागि पशुपति क्षेत्रस्थित ध्रुवस्थली एउटा उत्कृष्ट गन्तव्यका रूपमा उभिएको छ। प्रसिद्ध आध्यात्मिक गुरु शिवपुरी बाबाले झन्डै १५…

काठमाडौँको कोलाहलबीच शान्ति र आध्यात्मिक ऊर्जाको खोजीमा रहेका साधकहरूका लागि पशुपति क्षेत्रस्थित ध्रुवस्थली एउटा उत्कृष्ट गन्तव्यका रूपमा उभिएको छ। प्रसिद्ध आध्यात्मिक गुरु शिवपुरी बाबाले झन्डै १५ वर्षसम्म कठोर ध्यान-साधना गर्नुभएको यस पवित्र आश्रम स्थलमा अहिले दैनिक सयौँको संख्यामा साधकहरू ध्यानका लागि पुग्ने गरेका छन्।

राजधानी सहरको केन्द्रभागमा अवस्थित ऐतिहासिक श्लेषमान्तक वनको मध्य भागमा रहेको यो समथर र रमणीय स्थल ध्यान साधनाका लागि अत्यन्तै उपयुक्त मानिन्छ। शिवपुरी बाबाको तपोभूमिका रूपमा परिचित यस क्षेत्रको शान्त र आकर्षक वातावरणले मनलाई स्थिर बनाउन मद्दत गर्ने भएकाले यहाँ आउने ध्यानप्रेमीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *