City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

नेताहरूको पदलोलुपता र आचरणहीनताले वामपन्थी एकता संकटमा : डा. भीम रावल

पूर्वउपप्रधानमन्त्री एवं कम्युनिस्ट नेता डा. भीम रावलले शीर्ष नेतृत्वमा देखिएको पदमोह र कम्युनिस्ट आचरणको अभावका कारण वामपन्थी शक्तिहरू कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। शनिबार बुटवलमा…

पूर्वउपप्रधानमन्त्री एवं कम्युनिस्ट नेता डा. भीम रावलले शीर्ष नेतृत्वमा देखिएको पदमोह र कम्युनिस्ट आचरणको अभावका कारण वामपन्थी शक्तिहरू कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। शनिबार बुटवलमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित वर्तमान राजनीतिक परिस्थितिसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता रावलका अनुसार सिद्धान्त, विचार र जनसरोकारका सवाललाई बिर्सेर केवल सत्ता र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण वाम आन्दोलनले अपेक्षित गति लिन सकेको छैन। नेतृत्व वर्गले पार्टीको मूल मर्म र वास्तविक कम्युनिस्ट चरित्रलाई तिलाञ्जली दिएकै कारण शक्तिहरूबीचको ध्रुवीकरण र एकता प्रयासहरू निष्प्रभावी बन्न पुगेको उनको ठम्याइ छ।

मुलुकको वाम आन्दोलनलाई पुनर्जीवन दिन र जनविश्वास पुनः आर्जन गर्नका लागि नेताहरूले पदीय लोभ त्याग्नुपर्ने आवश्यकता उनले औँल्याए। जबसम्म नेतृत्व तहमा आत्मसमीक्षा, अनुशासन र सच्चा कम्युनिस्ट मूल्य-मान्यताको पुनस्र्थापना हुँदैन, तबसम्म वामपन्थी ध्रुव बलियो हुन नसक्ने दाबी डा. रावलले प्रस्तुत गरे।

Leave a comment

Your email address will not be published. Required fields are marked *