नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको सांगठनिक प्रक्रियाअन्तर्गत भोलि देशका थप ३१ जिल्लामा वडा अधिवेशन आयोजना हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
गत शनिबारदेखि औपचारिक रूपमा सुरु भएको वडा अधिवेशन अभियानअन्तर्गत हालसम्म ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडाहरूमा अधिवेशन तथा नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ। बाँकी रहेका क्षेत्रहरूमा पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ निर्वाचन समिति अघि बढेको छ।