अमेरिका र इरानबीच जारी बढ्दो तनावका बिच अमेरिकी ट्रम्पले निकट भविष्यमा निकै ठूला घटनाहरू घट्न सक्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको कुराकानीमा उनले दुई देशबीचको द्वन्द्वका विषयमा चाँडै नै महत्त्वपूर्ण तथा ‘धेरै ठूला घटनाहरू’ सार्वजनिक हुने संकेत गरेका हुन्।
इरानसँगको विवाद र रणनीतिक कदमहरूबारे कुरा गर्दै ट्रम्पले यस मामिलामा आफू नै मुख्य ‘निर्णयकर्ता’ भएको दाबी समेत गरेका छन्। उनले फक्स न्युजका प्रमुख विदेश मामिला संवाददातासँगको संवादमा स्थिति मूल्याङ्कन गरिरहेको र अन्तिम फैसला लिने अधिकार आफूसँगै रहेको स्पष्ट पारे।
अमेरिका र इरानबीच लामो समयदेखि चुलिएको कूटनीतिक तथा सैन्य खिचातानीका बिच ट्रम्पको यो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय वृत्तमा निकै चासोका साथ हेरिएको छ। ट्रम्पको यस पछिल्लो चेतावनीले दुई देशबीचको भावी रणनीति र सम्भावित कदमहरूप्रति विश्वभर नयाँ तरङ्ग पैदा गरिदिएको छ।