City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवातास खेलाउने ११ जना पक्राउ

काठमाडौंको बुढानिलकण्ठस्थित गरुड क्यासिनोमा गैरकानुनी रूपमा नेपाली नागरिकलाई जुवातास खेलाउने र खेल्ने कार्यमा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वसाधारण नेपाली नागरिकका लागि क्यासिनो प्रवेशमा…

काठमाडौंको बुढानिलकण्ठस्थित गरुड क्यासिनोमा गैरकानुनी रूपमा नेपाली नागरिकलाई जुवातास खेलाउने र खेल्ने कार्यमा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वसाधारण नेपाली नागरिकका लागि क्यासिनो प्रवेशमा प्रतिबन्ध भए पनि त्यसको उल्लंघन गर्दै जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले सोमबार राति २ बजे क्यासिनोमा आकस्मिक छापा मारेको थियो। छापा मार्ने क्रममा जुवाको खालबाट १० लाख ८५ हजार ६ सय रुपैयाँ नगदसहित ९ थान मोबाइल फोन बरामद गरिएको छ। यसका साथै जुवा खेल्न र नगद सटही गर्न प्रयोग गरिएका विभिन्न दरका क्यासिनो क्वाइनहरू पनि नियन्त्रणमा लिइएको छ, जसमा ५० हजार दरका ८ थान, १० हजार दरका १९ थान, १ हजार दरका ८८ थान र १०० दरका ५ थान क्वाइन रहेका छन्।

गैरकानुनी रूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाएको अभियोगमा पक्राउ परेका ११ जनामाथि जुवा सम्बन्धी कसूरमा कानुनी प्रक्रिया सुरु गरिएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *