City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

ट्रम्प जुनियरको विवाह उत्सवमा रुसी धनाढ्यले लाखौँ डलर खर्च गरेको खुलासा

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह उत्सवमा एक रुसी धनाढ्यले लाखौँ डलर खर्च गरेको सनसनीपूर्ण खुलासा भएको छ। ताजिक मूलका ती व्यापारीले अमेरिकी…

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह उत्सवमा एक रुसी धनाढ्यले लाखौँ डलर खर्च गरेको सनसनीपूर्ण खुलासा भएको छ। ताजिक मूलका ती व्यापारीले अमेरिकी राजनीतिक घरानावैवाहिक समारोहमा यति ठूलो रकम खन्याएपछि यसले अन्तर्राष्ट्रिय वृत्तमा नयाँ बहस र तरंग पैदा गरेको छ।

यसरी ट्रम्प जुनियरको वैवाहिक कार्यक्रममा ठूलो धनराशि खर्च गर्ने व्यक्ति हुन्, उमर क्रेमलेभ। सुरुवाती दिनमा सामान्य तथा मध्यमस्तरका बक्सिङ प्रवर्धकका रूपमा आफ्नो व्यावसायिक यात्रा थालेका क्रेमलेभले छोटो समयमै रुसी व्यावसायिक र राजनीतिक क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेका हुन्। खेलकुद प्रवर्धनबाट आफ्नो पहिचान बनाएका उनी अहिले रुसी सत्ताको नजिकका पात्र मानिन्छन्।

क्रेमलेभ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको निकट सम्बन्धलाई यसै वर्षको एउटा महत्त्वपूर्ण घटनाले अझ स्पष्ट पार्छ। रुसी राष्ट्रपति पुटिनले गत अप्रिल महिनामा उनलाई मस्कोमा आयोजित विशेष समारोहका बीच देशको प्रतिष्ठित सम्मान ‘अर्डर अफ फ्रेन्डसिप’बाट विभूषित गरेका थिए। एक सामान्य बक्सिङ प्रवर्धकदेखि अमेरिकी प्रभावशाली राजनीतिक परिवारको उत्सवमा करोडौँ खर्च गर्नेसम्मको उनको यो तीव्र गतिशीलताले विश्वभरका सञ्चारमाध्यमको ध्यान खिचेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *