City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र मौलिक परम्पराको जगेर्नाले नै समाजमा आपसी सद्भाव, शान्ति र भाइचारा कायम राख्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। गणेश…

मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र मौलिक परम्पराको जगेर्नाले नै समाजमा आपसी सद्भाव, शान्ति र भाइचारा कायम राख्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। गणेश चतुर्थीको पावन अवसरमा धनुषाको औरही गाउँपालिका-१, परनदेहियामा नवनिर्मित गणेश मन्दिरको उद्घाटन गर्दै उनले सामाजिक सहिष्णुता र एकता प्रवर्द्धनका लागि सम्पूर्ण धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण हुनुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले धार्मिक तथा पर्यटकीय स्थलको विकास र संवर्द्धनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको औंल्याए। धार्मिक क्षेत्रहरूलाई व्यवस्थित बनाउँदै पर्यटनसँग जोड्न सके स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन सकिने उनको भनाइ थियो। मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त मन्दिरको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *