नेपाली घरेलु बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा साताको दोस्रो कारोबार दिन सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य ओरालो लागेसँगै आज बजारमा सुनको कारोबार प्रतितोला ३ लाख १ सय रुपैयाँमा भइरहेको छ। यसअघि सोमबार भने सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै मङ्गलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट दर्ज गरिएको छ। महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन अर्थात् सोमबार बजारमा चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सोमबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले सस्तिएको छ।