City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

‘हनुमान अंश’को सफलतापछि निर्देशक विशाल चतुर्वेदीले घोषणा गरे ‘राम बोला’

नीम करोली बाबाको दिव्य जीवनगाथामा आधारित चलचित्र ‘हनुमान अंश’ले बक्स अफिसमा ऐतिहासिक सफलता चुमिरहेको छ। यसै सफलताबाट हौसिएका निर्देशक विशाल चतुर्वेदीले आफ्नो नयाँ चलचित्र ‘राम बोला’को…

नीम करोली बाबाको दिव्य जीवनगाथामा आधारित चलचित्र ‘हनुमान अंश’ले बक्स अफिसमा ऐतिहासिक सफलता चुमिरहेको छ। यसै सफलताबाट हौसिएका निर्देशक विशाल चतुर्वेदीले आफ्नो नयाँ चलचित्र ‘राम बोला’को औपचारिक घोषणा गरेका छन्। महावीर जैन फिल्म्ससँगको सहकार्यमा निर्माण हुने यो चलचित्र महाकवि गोस्वामी तुलसीदासको जीवन, उहाँको ओझेलमा परेका आध्यात्मिक यात्रा र जीवनका अनदेखा पाटाहरूमा केन्द्रित हुनेछ।

मात्र २ करोड भारुको सानो बजेटमा बनेको ‘हनुमान अंश’ले प्रदर्शनको ३८औँ दिनसम्म आइपुग्दा विश्वभरबाट २६८.०५ करोड भारुको शानदार कमाइ गरिसकेको छ। ३८औँ दिनमा मात्रै २२.५० करोड भारु जोड्न सफल यो चलचित्र हेर्न दर्शकको घुइँचो बढेपछि भारतभर यसको शो संख्या बढाएर ८,९०२ पुर्‍याइएको छ।

यसैबीच, १० दिनअघि प्रदर्शनमा आएको ‘मिर्जापुर द मुभी’ले भारतमा २२०.०४ करोड भारु ग्रस कलेक्सन गरेको छ भने १०औँ दिनमा १३.२५ करोड भारु कमाएको छ। ८० देखि ९० करोड भारु निर्माण लागत रहेको यो चलचित्र नाफामा रहे पनि ‘हनुमान अंश’को तीव्र क्रेजका कारण यसको शो घटेर ७,२२५ मा सीमित भएको छ। हाल यी दुवै चर्चित चलचित्र नेपाली सिनेमाघरहरूमा पनि प्रदर्शन भइरहेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *