City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि: सुन प्रतितोला ३ लाख १ हजार ८०० पुग्यो

नेपाली सुनचाँदी बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला एक हजार ७०० रुपैयाँको…

नेपाली सुनचाँदी बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा प्रतितोला एक हजार ७०० रुपैयाँको बढोत्तरी भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ।

महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। एकै दिनमा भएको यो वृद्धिले सुनको बजार मूल्यमा नयाँ चाप सिर्जना गरेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज चार हजार ६८५ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण नेपाली बजारमा बहुमूल्य धातुको मूल्य आकाशिएको व्यवसायीहरूले बताएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *