राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहमा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष हस्तान्तरण गर्नुभएको हो।
नेपालको संविधानले गरेको संवैधानिक व्यवस्था अनुसार आयोगले प्राकृतिक स्रोतको सन्तुलित बाँडफाँट, वित्तीय सङ्घीयताको सुदृढीकरण तथा तीनै तहका सरकारबीच राजस्व बाँडफाँट सम्बन्धी सिफारिस र कार्यप्रगतिको विवरण समेटेर हरेक वर्ष प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ। सोही निरन्तरतास्वरूप आयोगले आगामी आर्थिक वर्षका लागि आफ्ना कामकारबाही र सिफारिस समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।