City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

रुसी इन्धन खरिद गर्ने देशमाथि १०० प्रतिशत महसुल लगाउने अमेरिकी विधेयकमाथि मतदान हुँदै

अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ रूसविरुद्धको कडा प्रतिबन्धसम्बन्धी नयाँ विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो कानुन लागू भएमा रूसबाट कच्चा तेल र…

अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ रूसविरुद्धको कडा प्रतिबन्धसम्बन्धी नयाँ विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो कानुन लागू भएमा रूसबाट कच्चा तेल र ग्याँस खरिद गर्ने राष्ट्रहरूमाथि १०० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने विशेष अधिकार अमेरिकी राष्ट्रपतिलाई प्राप्त हुनेछ।

यस प्रस्तावित व्यवस्थाबाट प्रभावित हुन सक्ने देशहरूको सूचीमा छिमेकी मुलुक भारतसमेत समावेश छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया’ नाम दिइएको यस विधेयकको मुख्य उद्देश्य मस्कोलाई इन्धन बिक्रीबाट प्राप्त हुने राजस्व रोक्नु र रुसी ऊर्जामा निर्भर रहने मुलुकहरूलाई आर्थिक दबाबमा ल्याउनु रहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *