नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच चिसिएको सम्बन्धका बीच नयाँ राजनीतिक हलचल देखिएको छ। भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि दुई नेताबीचको सम्बन्धमा तिक्तता आएको थियो। सोही घटनाक्रमपछि अध्यक्ष ओली पहिलोपटक भण्डारीलाई भेट्न उहाँकै निवास पुगेका हुन्।
पार्टीभित्रको आन्तरिक परिस्थितिमा साथ र सहयोग माग्ने उद्देश्यले पुगेका अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीले उल्टै कडा प्रश्न गरेकी छन्। भेटका क्रममा ओलीले राजनीतिक सहयोगको प्रस्ताव राख्दा भण्डारीले पार्टी सञ्चालनको वर्तमान शैलीप्रति असन्तुष्टि जनाउँदै ‘यसरी पनि पार्टी चल्छ त?’ भनेर प्रश्न उठाएकी हुन्।