City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

काठमाडौंका खाल्डाखुल्डीको गुनासो अब मोबाइलबाटै: ‘सडक सुझाव एप’ औपचारिक रुपमा सुरु

काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी र अन्य समस्याका बारेमा अब नागरिकले सिधै सरकारलाई जानकारी गराउन सक्ने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन…

काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी र अन्य समस्याका बारेमा अब नागरिकले सिधै सरकारलाई जानकारी गराउन सक्ने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन काठमाडौंले ‘सडक सुझाव एप’ (Sadak Sujhaab App) लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। यसअघि परीक्षणको चरणमा रहेको यो एप अब पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।

यस प्रविधिको प्रयोगमार्फत काठमाडौं उपत्यकाभित्रका संघीय सडकहरूमा देखिएका समस्या, मर्मत सम्भार गर्नुपर्ने स्थान र अन्य सुधारका पक्षबारे सर्वसाधारणले आफ्नो सुझाव वा गुनासो दर्ता गर्न सक्नेछन्। सडकमा देखिएका समस्याको तस्बिर खिचेर एपमा अपलोड गर्न सकिने व्यवस्था मिलाइएको छ, जसले गर्दा सम्बन्धित निकायलाई समस्याको पहिचान गर्न र तत्काल समाधानका लागि कदम चाल्न सहज हुने विश्वास लिइएको छ।

यस पहलले सडक मर्मत कार्यलाई थप पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। नागरिकको सक्रिय सहभागिताले सडक पूर्वाधारको अवस्था सुधार्न मद्दत पुग्ने सडक डिभिजनको भनाइ छ। अब सडकका खाल्डाखुल्डीका कारण सास्ती भोगिरहेका सर्वसाधारणले आफ्नो मोबाइलबाटै गुनासो टिपाएर सडक सुधारको अभियानमा योगदान दिन सक्नेछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *