City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

कृष्णभिरको जोखिम टार्न दीर्घकालीन योजना आवश्यक: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिर खण्डमा देखा पर्ने भौगोलिक तथा भूगर्भीय जोखिमको स्थायी समाधान खोज्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल…

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिर खण्डमा देखा पर्ने भौगोलिक तथा भूगर्भीय जोखिमको स्थायी समाधान खोज्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले यस क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका हुन्।

पहिरोका कारण अबरुद्ध सडक नयाँ ट्र्याकमार्फत दुवैतर्फ सञ्चालनमा आएपछि उनले यसबाट विपद् प्रभावित सर्वसाधारणको दैनिकी र आपूर्ति व्यवस्था सहज बन्ने विश्वास व्यक्त गरे। सडक सञ्चालनले तत्कालका लागि राहत पुर्‍याए पनि कृष्णभिरको स्थायी समाधान बिना भविष्यको जोखिम नटर्ने उनको ठम्याइ छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *