City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

कैलालीमा गाईमाथि खुँडा प्रहार गर्ने दुई किशोर प्रहरी नियन्त्रणमा

कैलालीको लम्कीचुहामा गाईमाथि धारिलो हतियार खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जना किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा…

कैलालीको लम्कीचुहामा गाईमाथि धारिलो हतियार खुँडा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जना किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय दुई युवा रहेका छन्।

इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभएको छ।

स्थानीय स्तरमा अमानवीय ढङ्गले गाईमाथि आक्रमण भएपछि प्रहरीले तदारुकता देखाउँदै आरोपीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका किशोरहरूमाथि पशु सम्बन्धी कसुरअन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *