City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

भोटेकोशी बाढीको पाठ: शव व्यवस्थापन सहज बनाउन पोखरामा बन्यो ‘पोर्टेबल मर्चरी हाउस’

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि शव व्यवस्थापनमा देखिएका जटिलता र चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा ‘पोर्टेबल मर्चरी हाउस’ (चलायमान शव गृह) निर्माण गरिएको छ। विपद्का समयमा…

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि शव व्यवस्थापनमा देखिएका जटिलता र चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा ‘पोर्टेबल मर्चरी हाउस’ (चलायमान शव गृह) निर्माण गरिएको छ। विपद्का समयमा सङ्कलित शवहरूको सुरक्षित भण्डारण तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो संरचना तयार पारिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको विशेष पहलकदमी तथा कास्की जिल्ला प्रशासन कार्यालयको सहयोगमा यो मर्चरी हाउस निर्माण भएको हो। जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइएको कन्टेनरलाई आवश्यक मर्मत-सम्भार र स्तरोन्नति गरी शव गृहको रूपमा रूपान्तरण गरिएको छ। यस पूर्वाधारले भविष्यमा आउन सक्ने प्राकृतिक विपत्तिका बेला शवको सम्मानजनक र सहज व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *