City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

बजेट फ्रिज भएपछि कोशीका छानिएका स्टार्टअप उद्यमी बिउ पूँजीबाट वञ्चित

कोशी प्रदेश सरकारद्वारा छनोटमा परेका नयाँ उद्यमीहरूले पाउनुपर्ने बिउ पूँजी नपाउँदा उनीहरूको व्यावसायिक भविष्य अन्योलमा परेको छ। तोकिएको कार्यक्रम एकाएक रोकिएपछि सम्झौता प्रक्रियाका लागि मन्त्रालय पुगेका…

कोशी प्रदेश सरकारद्वारा छनोटमा परेका नयाँ उद्यमीहरूले पाउनुपर्ने बिउ पूँजी नपाउँदा उनीहरूको व्यावसायिक भविष्य अन्योलमा परेको छ। तोकिएको कार्यक्रम एकाएक रोकिएपछि सम्झौता प्रक्रियाका लागि मन्त्रालय पुगेका उद्यमीहरू गत असारमै रित्तो हात र निराश बनेर फर्किन बाध्य भएका थिए।

अनुमोदित बजेट समयमा खर्च हुन नसकी असार मसान्तसँगै स्वतः फ्रिज भइसकेकाले अब ती उद्यमीहरूले घोषित बिउ पूँजी पाउने सम्भावना समाप्त भएको छ। सरकारको योजना फितलो बन्दा सम्झौताको अन्तिम पर्खाइमा रहेका सम्भावनायुक्त स्टार्टअपहरू अनुदान पाउने आशाबाट पूर्ण रूपमा वञ्चित भएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *