काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले चोरी भएको ट्याक्सी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। सवारी साधन हराएको सूचना पाउनासाथ सक्रिय भएको प्रहरी टोलीले छोटो समयमै ट्याक्सी खोजी गरी धनीको जिम्मा लगाएको हो।
ट्याक्सी हराएको निवेदन प्राप्त भएपछि प्रहरीले उपत्यकाका विभिन्न नाका तथा सम्भावित क्षेत्रहरूमा निगरानी तीव्र बनाएको थियो। सूक्ष्म अनुसन्धान र खोजीका क्रममा उक्त ट्याक्सी फेला परेको ट्राफिक प्रहरीले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि महाशाखा परिसरमा आयोजित एक कार्यक्रमका बीच ट्याक्सी धनीलाई सवारी हस्तान्तरण गरिएको हो। आफ्नो रोजगारीको साधन पुनः फिर्ता पाएपछि ट्याक्सी धनीले प्रहरीको शीघ्र कारबाही र समर्पणको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।
साथै, ट्राफिक प्रहरीले आफ्ना सवारी साधन सुरक्षित ठाउँमा मात्र राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा ढिलाइ नगरी नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।