City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

मुद्दाको कार्यभार सम्बोधन गर्न उच्च र जिल्ला अदालतमा १३२ न्यायाधीश थप्न प्रस्ताव

अदालतहरूमा मुद्दाको चाप अत्यधिक बढेपछि त्यसलाई व्यवस्थापन गर्न र न्याय सम्पादन प्रक्रियालाई चुस्त बनाउन उच्च तथा जिल्ला अदालतहरूमा कुल १३२ जना नयाँ न्यायाधीशहरूको दरबन्दी थप गर्न…

अदालतहरूमा मुद्दाको चाप अत्यधिक बढेपछि त्यसलाई व्यवस्थापन गर्न र न्याय सम्पादन प्रक्रियालाई चुस्त बनाउन उच्च तथा जिल्ला अदालतहरूमा कुल १३२ जना नयाँ न्यायाधीशहरूको दरबन्दी थप गर्न सिफारिस गरिएको छ। मुद्दाको लगत र विद्यमान कार्यभारलाई आधार बनाएर गरिएको विशेष अध्ययनका आधारमा यो प्रस्ताव अघि सारिएको हो।

हालै तयार पारिएको ‘उच्च तथा जिल्ला अदालतमा मुद्दाको लगतका आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन, २०८३’ ले अदालतहरूमा थुप्रिएका मुद्दा शीघ्र फछ्र्यौट गर्न थप जनशक्तिको अपरिहार्यता औंल्याएको छ। यस अध्ययनले उच्च अदालत र जिल्ला अदालत दुवै तहमा कार्यबोझ अनुसार न्यायाधीशको संख्या बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

नयाँ न्यायाधीशको दरबन्दी थप भई कार्यान्वयनमा आएमा सेवाग्राहीले समयमै न्याय पाउने र अदालतमा वर्षौंदेखि विचाराधीन रहेका पुराना मुद्दाहरूको संख्यामा उल्लेख्य कमी आउने विश्वास लिइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *