City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

ब्राइटनको सानदार जित, आर्सनलको अपराजित यात्रामा पूर्णविराम

इंग्लिस प्रिमियर लिगको जारी सिजनमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार राति सम्पन्न खेलमा ब्राइटनले आर्सनललाई ३-० को फराकिलो अन्तरले स्तब्ध पार्दै सिजनको पहिलो हार…

इंग्लिस प्रिमियर लिगको जारी सिजनमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार राति सम्पन्न खेलमा ब्राइटनले आर्सनललाई ३-० को फराकिलो अन्तरले स्तब्ध पार्दै सिजनको पहिलो हार चखाएको हो। खेलको सुरुदेखि नै आक्रामक देखिएको ब्राइटनले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो।

ब्राइटनका लागि पास्कल ग्रसले खेलको ३१औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर अर्थात् ४५औं मिनेटमा चारालाम्पोस कोस्तुलासले अर्को गोल थपेपछि आर्सनल दबाबमा परेको थियो। दोस्रो हाफमा पनि आर्सनलले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।

खेलको अन्तिम समयतिर चेमा आन्द्रियसले गोल गर्दै ब्राइटनको जित निश्चित गरे। आर्सनलका लागि यो सिजनको सबैभन्दा बिर्सलाग्दो खेल बन्यो, जहाँ उनीहरूले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। यस जितसँगै ब्राइटनले अंक तालिकामा आफ्नो स्थिति सुधार गरेको छ भने आर्सनलले उपाधि होडमा धक्का महसुस गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *