City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

सिमरा हत्याकाण्ड: धानखेतमा लुकेका मुख्य अभियुक्तसहित चार जना प्रहरी नियन्त्रणमा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सिमरा मेनरोडको एक होटलमा आफ्नै साथीको हत्या गरी फरार भएका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको टोलीले जीतपुरसिमरा-२ पाँचधुरे टोल निवासी…

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सिमरा मेनरोडको एक होटलमा आफ्नै साथीको हत्या गरी फरार भएका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको टोलीले जीतपुरसिमरा-२ पाँचधुरे टोल निवासी २५ वर्षीय आयुष राईसहित घटनामा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिएको हो।

धारिलो हतियार चक्कु प्रहार गरी साथीको हत्या गरेपछि राई घटनास्थलबाट फरार भएका थिए। प्रहरीले विशेष सुराकीका आधारमा खोजतलास गर्दा शनिबार राति जीतपुरसिमरा-१६ स्थित महेन्द्रनगरको धानखेतमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको हो।

होटलमा भएको सामान्य भनाभनपछि चक्कु प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान अघि बढाउँदै प्रहरीले आवश्यक कानूनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *