City Edition · October 28, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

दसैँअघि नै फेरिनेछ वीरगन्जको मुख्य सडकको रूप, लत्रिएका तार हटाउन महानगर सक्रिय

पर्साको वीरगन्ज महानगरपालिकाले आउँदो दसैँअघि नै सहरको मुख्य सडक क्षेत्रलाई पूर्ण रूपमा सफा तथा व्यवस्थित बनाउने तयारी थालेको छ। सडक विस्तार अभियानका क्रममा जथाभावी अल्झिएका र…

पर्साको वीरगन्ज महानगरपालिकाले आउँदो दसैँअघि नै सहरको मुख्य सडक क्षेत्रलाई पूर्ण रूपमा सफा तथा व्यवस्थित बनाउने तयारी थालेको छ। सडक विस्तार अभियानका क्रममा जथाभावी अल्झिएका र लत्रिएका विभिन्न सेवा प्रदायकका तारहरूलाई हटाएर मिलाउने काम महानगरले सुरु गरिसकेको छ।

चाडपर्व नजिकिँदै गर्दा मुख्य सडकमा मानिसको आवतजावत र चहलपहल ह्वात्तै बढ्ने भएकाले सर्वसाधारणको सहजता र सुरक्षालाई ध्यानमा राखिएको हो। अव्यवस्थित तारले नगरको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम बढाएकाले दसैँअघि नै मुख्य सडक क्षेत्रलाई सुरक्षित र चिटिक्क बनाउने लक्ष्य महानगरपालिकाले लिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *