मनास्लु आधार शिविरमा विगत केही दिनदेखि जारी आमरण अनसन अन्ततः स्थगित भएको छ। गण्डकी प्रदेश सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले आन्दोलनकारीका मागहरू सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिवद्धता व्यक्त गरेपछि अनसनकारीहरूले आफ्नो आन्दोलन रोक्ने निर्णय गरेका हुन्।
स्थानीय सरोकारवाला र संरक्षण क्षेत्र बीचको विवादका कारण सुरु भएको यस विरोध कार्यक्रमले पर्यटन क्षेत्रमा समेत चासो जगाएको थियो। सरकारी पक्षले स्थानीयका जायज मागहरूलाई प्राथमिकताका साथ पूरा गर्ने र नीतिगत सुधारका लागि पहल गर्ने आश्वासन दिएको छ। यस सहमतिसँगै मनास्लु क्षेत्रमा देखिएको अन्योलता हटेको छ भने पदयात्रा र पर्यटन गतिविधिहरू पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
अनसन स्थगित भए पनि आन्दोलनकारीहरूले आफ्ना मागहरूको कार्यान्वयन प्रक्रियालाई नजिकबाट नियाल्ने बताएका छन्। सरकारी निकाय र एमक्यापले दिएको समयसीमा भित्र मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन्। हाललाई भने वार्ता र सहमतिको वातावरण निर्माण भएको छ।