संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुनका लागि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आज साँझ संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ। भ्रमणका क्रममा मन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय सत्र, मन्त्रिस्तरीय छलफल तथा विशेष साइड इभेन्टहरूमा नेपालको तर्फबाट सक्रिय सहभागिता जनाउनेछन्।
अमेरिका बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षीहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। यसैबीच, महासभामा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री वालेन्द्र शाहले गर्नेछन्। प्रधानमन्त्री शाह भने आगामी मङ्गलबार न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।